नियम १४
विवरण खुलाउनु पर्ने
(१) ऐनको दफा ४१ बमोजिम दलले आयोगमा पेश गर्ने लेखा परीक्षण प्रतिवेदनमा देहाय बमोजिमको विवरणहरु खुलाउनु पर्नेछ ः-
(क) स्थिर पूँजी (चल तथा अचल सम्पति),
(ख) चालु पूँजी :-
(१) नगद र बैक व्यालेन्स,
(२) ऋण, पेश्की र बैंक जम्मा,
(ग) आय :-
(१) सदस्यता शुल्क,
(२) कुनै व्यक्ति वा संस्थाबाट प्राप्त सहयोग,
(३) अन्य आय,
(घ) व्यय :-
(१) निर्वाचन खर्च,
(२) प्रशासकीय र साधारण खर्च,
(३) कर्मचारी खर्च,
(४) अन्य खर्च,
(ङ) बैक मौज्दात ,
(१) अघिल्लो वर्षको बैंक मौज्दात,
(२) यस वर्षको बैंक मौज्दात,
(छ) आयोगले समय समयमा विवरण राख्न निर्देशन दिएका विषयहरु ।
(२) आयोगले उपनियम (१) बमोजिम पेश भएको लेखा परीक्षण प्रतिवेदन जाँच गर्न कुनै पदाधिकारी वा कर्मचारीलाई तोक्न सक्नेछ ।
(३) लेखा परीक्षण प्रतिवेदनको जाँचको सिलसिलामा आयोगले वा आयोगले उपनियम ( २) बमोजिम तोकेको पदाधिकारी वा कर्मचारीले दलबाट कुनेै विवरण वा कागजात माग गरेमा त्यस्तोे विवरण वा कागजात सम्बन्धित दलले सात दिनभित्र उपलब्ध गराउनु पर्नेछ ।
(४) उपनियम (१) बमोजिम दलले पेश गरेको लेखा परीक्षण प्रतिवेदन जाँच गर्न आयोगले तोकेको पदाधिकारी वा कर्मचारीले लेखा परीक्षण प्रतिवेदन तथा उपनियम (३) बमोजिम उपलब्ध गराएको विवरण तथा कागजातको आधारमा दलको आम्दानी तथा खर्च ऐन, प्रचलित कानून तथा यस नियमावली बमोजिम भए नभएको जाँच गरी आयोग समक्ष प्रतिवेदन पेश गर्नु पर्नेछ ।